गायक विजय रुम्बा लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सिन्कीको अचार’ बोलको भिडियोमा चलचित्र कबडीकी नायिका रिश्मा गुरुङले अभिनय गरेकी छिन् । चलचित्र ’कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोमा रिश्माको साथमा गायक रुम्बाले पनि अभिनय गरेका छन् । गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको सङ्गीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।