सागर आलेको आवाज रहेको गीत 'पल्ला घरकी कान्छी नानी'को अफिसिअल भिडियो सार्बजनिक गरिएको छ l मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् l फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ l गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ l