पछिल्लो समयमा आफ्नो उपभोक्तामाझ लोकप्रियताको शिखर चड्न सफल नेपाली ब्रान्ड हो 'गोल्डस्टार सुज' । आफ्नो उपभोक्ताले देखाएको माया, वितरक र रिटेलर्सले दिएको साथको लागि धन्यबाद दिंदै गोल्डस्टार सुजले 'धन्यबाद' गीत यु-ट्युबमार्फत सार्बजनिक गरेको छ ।

 

बिराज गौतमको आवाज रहेको उक्त गीतलाई विजय अधिकारी र बिराज गौतमले मिलेर लेखेका हुन् । गीतको कम्पोजिसन पनि गायक गौतम आफैले गरेका हुन् । सार्बजनिक गीत र भिडियोको सम्पूर्ण निर्माण कार्य ए जि.टी वान प्रोडक्सनले गरेको हो ।