कलाकारको लागी बलिउड सपनाको संसार जस्तै हो । दैनिक जसो दर्जनौँ कलाकार बलिउडमा आफूलाई स्थापित गराउन सर्घष गरिरहेका हुन्छन् । कलाकारको रूपमा सर्घष गरिरहेका जो कोही पनि एक दिन बलीउडमा राज गर्न सक्दछन । अहिल बलिउडमा राज गरिरहेका कलाकारहरूको सुरुवात पनि सामान्यनै थियो । कसैले करियरको सुरुवात वाच म्यान बाट गरेका थिए भन्ने कसैले बसको खलासी बाट । आज चर्चा गर्दैछौ पछिल्लो समय बलिउडमा राज गरेका कलाकारहरूको बारेमा जो चलचित्रमा काम गर्नु अघि के गर्दथे ।

१.सोनम कपूर 
 चर्चित बलिउड अभिनेता अनिल कपूरकी छोरी हुन् सोनम कपूर । बलिउडमा सोनमले आफ्नो बेग्ले पहिचान बनाइसकेकी छिन् । सोमन पढाइको सिलसिलामा सिङ्गापुर गएकी थिइन । उक्त समय पकेट खर्चको अभावको कारण केही समय उनले होटेलमा वेटरको नोकरी गरेकी थिइन् । 
२.रणबिर सिंह 
सन् २०१०मा ‘ब्याण्ड बाजा बारात’ नामक चलचित्रबाट बलिउडमा डेव्यु गरेका रणबिर चलचित्रमा काम गर्नु अघि एक विज्ञापन एजेन्सीमा कपी राइटरको पोस्टमा काम गरेका थिए । काम गर्दै गर्दा सिंहका साथ निर्देशक मनिस शर्माको कारण उनले अभिनय यात्रा सुरु गरेका हुन् । 
३.सोनाक्षी सिन्हा
बलिउड चलचित्र ‘दबंग’बाट एकाएक चर्चामा आएकी नायिका सोनाक्षी सिंन्हा चलचित्रमा काम गर्नु अघि कस्ट्युम डिजाइनरको रूपमा सक्रिय थिइन् । बलिउड अभिनेता शक्रुधन सिन्हाकी छोरी समेत रहेकी सोनाक्षीले २००५मा रिलिज भएको चलचित्र ‘मेरा दिल लेके देखो’मा डिजाइनरको रूपमा काम गरेकी थिइन् । 
४.अर्सद बारसी 
बलिउडका कुशल अभिनेता अर्सद बारसी चलचित्र क्षेत्रमा आउनु अघि आर्थिक अवस्था कमजोर रहेको भारतीय मिडियाले लेखेको छ । कमजोर आर्थिक अवस्थाको कारण उनले १७ वर्षको उमेरमा सेल्स म्यानको रूपमा काम गरेका थिए । त्यस्तै उनी फोटो ल्याबमा पनि पार्ट टाइम काम गरेका थिए । 

५.नवाजुद्दीन सीद्द्की 
चलचित्र ‘ग्याङ अफ बासेपुर’बाट चर्चामा आएका नवाजुद्दीन पढाई पछि बडोदरामा केमेस्टीको काम गरेका थिए । त्यसपछि उनले दिल्लीको एक थिएटरमा काम गर्नुका साथसाथै वाच म्यानको काम पनि गरेका थिए ।
  ६.जोनी लिबर 
बलिउडका चर्चित हास्य कलाकार जोनी लिबर बलिउडमा आउनु अघि मुम्बईको सडकमा पेन बेच्ने काम गर्दथे ।  जोनी लिबरले १९८१ मा रिलिज भएको चलचित्र ‘दर्दका रिश्ता’बाट बलिउडमा डेव्यु गरेका हुन् ।