पछिल्लो केही समययता बलिउडमा केही कलाकर्मीहरु विवादमा परिरहेका छन् । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको विरोध कम नहुँदै यति बेला बलिउड अभिनेत्री सन्नी लियोनी विवादमा आएकी छिन् । सन्नीको विरोध कुनै चलचित्रको नभई एक कार्यक्रमको कारणले विवादमा आएकी हुन् । सन्नीले नयाँ वर्ष २०१८को सुरुवात सँगै बैगंलुरमा एक कार्यक्रम आयोजना गर्न लागेकी थिइन्े । उक्त कार्यक्रममा सन्नीले नै प्रस्तुति दिने भनिएको थियो । तर यति बेला उनले आयोजना गर्न लागेको कार्यक्रमलाई बेगलुरको स्थानीयले विरोध गरेका छन् । स्थानियकाे  विरोधलाई साथ दिदैँ त्यँहाको राज्य सरकारले कार्यक्रम गर्न रोक लगाएको छ ।