केही समय अघि हङकङ पुगेकी अभिनेत्री केकी अधिकारी एक्लो भएकी छिन् । केकीले एक्लोपन महसुस गरेको वास्तविक जीवनमा नभइन् गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको नयाँ गीतमा हो । गायक समेत रहेका बादल लिम्बुको सङ्गीत र भद्रकला आङबुङको नयाँ गीत ‘एक्लोपन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

 

 

हङकङको रमणीय दृश्यमा खिचिएको भिडियोलाई सुवास गुरुङले निर्देशन गरेका हुन् । गीतको भिडियोमा केकीसँगै ओम प्रकाश राई र विकास लिम्बुको अभिनय रहेको छ । विक्रम गुरुङको छायाङ्कन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन्