बलिउड अभिनेता अमिताव बच्चन सुटिङको क्रममा घाइते भएका छन् । चलचित्र ‘ठग्स अप हिन्दुस्तान’को सेटमा आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा अमिताब लडेर घाइते भएका हुन् । भारतीय मिडियाले जनाए अनुसार उनको काँधमा गम्बीर चोट लागेको छ । उक्त चलचित्रमा उनले द्धन्द्धका दृश्यहरू धेरै दिएको जनाएको छ । निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमाने पछि उनी घाइते भएका हुन् । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।