करिब दुई वर्षको मेहनत पछि नायक अनमोल  केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । शुक्रवार सुखद ओपनिङ गरेको कृको शनिवारको अधिकांश सोहरू हाउसफुल भएको थियो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । व्यावसायिक हिसाबले राम्रो गरेता पनि समिक्षकरुपमा कृले राम्रो गर्न सकेको छैन । चलचित्र हेरिसकेका पश्चात् दर्शकले कृलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

शनिवार हल–हलमा पुगेका अनमोललाई मिडियाकर्मीले मिश्रित प्रतिक्रियाको बारेमा प्रश्न गरेको थियो । उनी भन्छन् ‘ मलाई लाग्छ ९० प्रतिशतले राम्रो भन्नु भएको छ भने १० प्रतिशतले नराम्रो भन्नु भएको छ । मिश्रित प्रतिक्रियाले मलाई अझै काम गर्ने ऊर्जा थपिएको छ ।’ अनमोल थप्छन् ‘म अझै सिक्ने क्रममा छु र सिकिरहेको छु । अबका दिनमा अझै राम्रो गर्ने प्रयत्न मेरो रहने छ । तर मैले पनि चलचित्र हेरिसकेको छु । कृ बकवास भने छैन । ’