बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए । तर यति बेला कार्यक्रम नै पोसपोण्ड भएको बताइएको छ । कार्यक्रम किन सारिएको हो त्यो भने औपचारिकरुपमा खुलाइएको छैन । कार्यक्रमको लागी सलमानको साथमाबलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’, मनिष पोल मार्च ९ मा नेपाल आइपुग्ने  बताइएको थियो ।