नेपाली सिने नगरीमा यतिबेला चलचित्र 'शत्रुगते' बहु प्रतिक्षित चलचित्रको रुपमा लिइएको छ ।यसै चलचित्रले पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेको छ ।गीत संगीताबाट प्रशस्त चर्चा बटुलेको यस चलचित्रको ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ । कलाकार हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठको समेत अभिनय रहेको चलचित्रमा दिपक राज गीरी, दिपा श्री निरौला,प्रियंका कार्की , पल शाह, आँचल शर्मा लगायतले अभिनया गरेका छन् ।कमेडी जान्रामा बनेको चलचित्रको ट्रेलरमा सम्पुर्ण कलाकारलाई फरक भूमिकामा देख्न सकिन्छ । दुइ प्रेमीबिच को बिबाह यात्रा अनि पारिवारिक कथा बस्तुमा बनेको शत्रुगतेलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्र यही चैत्र ९ गते देश भर एकसाथ रिलिज हुँदै छ ।
हेर्नुहोस् शत्रुगतेको ट्रेलर ।