बलिउडको चर्चित ब्यान्ड ‘सनम’को कन्सर्ट सम्पन्न भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चित बनेको यो ब्यान्डले जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिएको हो । 'सनम लाईभ नेपाल' नाम दिइएको उक्त कार्यक्रम तीन बजेबाट सुरु भएर साँझ ७ बजे सकिएको हो । कार्यक्रममा भारतीय चर्चित ब्याण्ड 'सनम'ले 1974 AD को 'परेलीमा' बोलको नेपाली गीत समेत प्रस्तुत गरेका थिए ।

sanam nepal concert, cinepati

त्यस्तै सनमसँगै नेपालबाट गायक स्वप्न सुमन, लाहुरे उर्फ आशिष् राणा र नवनिर्मित ब्यान्ड समिश्रणले पनि आफ्नो प्रस्तुति दिएका थिए । 'सनम लाईभ नेपाल' नामक उक्त कार्यक्रमको आयोजना प्याराडक्स सिटी इन्क कम्पनीले गरेको हो । कार्यक्रममा २ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।

sanam nepal concert, cinepati sanam nepal concert, cinepati