२०१८ को बहुप्रतिक्षित चलचित्र ‘२.०’को दोस्रो मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा फिल्ममा प्रयोग भएका भी.यफ.एक्सका दृश्यहरू समावेश गरिएको छ । ‘२.०’मा समाबेश भी.यफ.एक्सका दृश्यहरू हलिउडको भन्दा कम नरहेको र यसका लागि हलिउडबाट नै भी.यफ.एक्स आर्टिस्टहरुले नै काम गरिरहेका छन् । चलचित्रलाई प्राबिधिक रुपमा नै सबल बनाइएको छ । भारतको अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको ‘२.०’मा नयाँ प्रबिधिको थ्री डी क्यामेरा समेत प्रयोग गरिएको छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार रजनीकान्त र चर्चित नायक अक्षय कुमारले गरेको एक्सन समेत हेर्न सकिन्छ । एस् शंकरको कथा र निर्देशन रहेको चलचित्रलाई लाइका प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रमा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको रिलिज मिति गएको वर्ष सन् २०१७ मै हुने चर्चा थियो तर प्राविधिक कारण देखाउँदै निर्माण कम्पनी लाइका प्रोडक्सनले सो मितीलाई सार्दै नयाँ डेट केही दिनमै तोक्ने बताएको छ ।

यसरी गरिँदैछ बहुप्रतिक्षित चलचित्र ‘2.0’को VFX को काम यसरी गरिँदैछ बहुप्रतिक्षित चलचित्र ‘2.0’को VFX को काम