अभिनेता शाहरुख खानले नयाँ किर्तिमान बनाएका छन्। व्यवसायसँगै अभिनयमा पनि सफल रहेका शाहरुखले हालै मात्र विकिपिडियामा धेरै खोजिने सेलिब्रेटीमा नाम लेखाएका छन् । उनी यस बर्ष विकिपिडियामा धेरै खोजिने सेलिब्रेटिहरुको दोस्रो स्थानमा परेका छन् । यो भन्दा अघि पनि शाहरुख सन् २००७ देखि २०१७ को सम्म विकिपिडियामा धेरै खोजिने सेलिब्रेटिहरुको दोस्रो स्थानको सूचीमा परिसकेका छन्। उनले बलिउडमा मात्र नभएर हलिउडका चर्चित व्यक्तिहरू टम क्रूज,एन्जिलना जोली,लिनार्दो दि कार्पिकोलाई समेत पछि पार्दे दोस्रो स्थान हात पारेका हुन्। यसै गरी पहिलो नंम्बरमा भने अमेरिकी रियालिटी शोकी प्रस्तोता किम करदशन परेकी छिन् ।