बलिउड अभिनेता इरफान खान ब्रेन ट्युमरको सिकार भएका छन् । ग्लियोब्लास्टोमा नाम रहेको उक्त ट्युमर ज्यानमारा क्यानसर रहेको इरफान खानका चिकित्सकले बताएका छन् । केही दीन अघि इरफानले ट्वीटर मार्फत ‘कहिलेकाहीँ तपाईँ एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवन रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैँ आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु’ भनी टुइट गरेका थिए । मल्टीफोर्मे ग्रेड ४ रहेको ट्युमर इरफानको ब्रेनको लागी खतरा रहेको चिकित्सकको भनाइ रहेको छ । हाल उनको स्वास्थ्य जाँच भारतको कोकिलाबेन अस्पतालमा भइरहेको छ ।

बलिउड अभिनेता इरफान बने क्यानसरको सिकार