केही समयदेखि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह विभिन्न कारणले विवादमा आइरहेकी छिन् । कहिले गाउँले रोल र कहिले संवेदशिल अङ्गमा खोपिएको ट्याटुको कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । यसबारेमा साम्राज्ञीले मिडियामा केही बोलेकी थिइनन् । आइतबार शाह अभिनित ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले मिडिया प्रति आक्रोश पोखेकी छिन् । पत्रकारले ट्याटु बारेमा सोधिएको प्रश्नमा उनले मिडियाले गलत समाचार सम्प्रेषण गरेको बताइन् । झर्किएको भावमा बोल्दै साम्राज्ञी भन्छिन् ‘मिडियाले खास कुरा नबुझि समाचार लेखेको छ । सानो कुरालाई ठुलो बनाइदिनु भयो । जुन जरुरी थिएन । ’ त्यस्तै गाउँले रोल आफूले गर्दिन् कहिले नबनेको उनको भनाइ छ । भन्छिन् ‘कलाकार भएको नाताले मैले सबै खालको भूमिका गर्न सक्नु पर्छ ।  जय भोलेको लागी मसँग कुरा भएको थियो । कथापनि पढे तर समय अभावको कारण मैले गर्न नपाएको हो । ’