पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउनेक्रम बढ्दो छ  । केही दिन अघिमात्रै बलिउडको चर्चित ब्यान्ड सनमले नेपालमा कन्सर्ट गरेको थियो । त्यस्तै अर्का अभिनेता सलमान खान नेपाल आउने चर्चा पनि निकै छ । यति बेला बलिउडेका अर्का अभिनेता फरहान अख्तर अर्को महिना नेपाल आउने भएका छन् । लेखक, निर्देशक, नायकको साथै गायक समेत रहेका फरहानलाई रोयल च्यालेन्जले नेपाल ल्याउने तयारी गरेको छ । ‘फरहान लाइभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा उनले आफ्ना गीतहरू प्रस्तुत गर्ने भएका छन् । कार्यक्रम आउँदो अप्रिल ७ मा हायात रिजेन्सी होटलमा आयोजना हुँदै छ । २ हजार र ४ हजार रुपैयाँको टिकट रकम तोकिएको कार्यक्रम ३ बजेबाट सुरु हुने द्ध । फरहानले ‘रक अन, भाग मिल्खा भाग, जिन्दगी ना मिलेगी दोबारा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । त्यस्तै ‘दिल चाहता है, लक्ष्य, डन’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।