गायक अनुप ओझाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘वारिको डाँडामा म...’ बोलको म्युजिक भिडियो हालै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।गीतमा अनुप सँगै गायक प्रदीप लामाले पनि आवाजमा साथ दिएका छन्। सार्वजनिक गीतमा गायक स्वयम्को शब्द रहेको छ ।श्वेता पौडेल,अमीत बज्रचार्य,योगेश कार्की,निर्मल न्यौपाने लगायत कलाकारहरूको अभिनय रहेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । उज्वल राईको सम्पादन रहेको भिडियोलाई  सागर राजले निर्देशन गरेका हुन् ।