चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण र विशाल भण्डारीको निर्देशन रहेको चलचित्रको शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीत रहेको छ । चलचित्रका तस्बिरहरूलाई राखेर बनाइएको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । वैशाख १४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा केकीको अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, जेबिका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।