अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘नेप्टे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कमेडी जनरामा बनेको चलचित्रलाई रोहित रुम्बाले निर्माण गरेका हुन् । ट्रेलरमा दयाहाङलाई नकारात्मक भूमिका प्रस्तुत गरिएको छ । नेप्टेलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा दयाको साथमा छुल्ठिम गुरुङको साथमा रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ्ग, पूर्णिमा लामा लगायतका कलाकारको अभिनय रहेको छ। बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको सङ्गीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। हरि घले लामाको छायाङ्कन रहेको चलचित्रमा तारा थापाको सम्पादन रहेको छ।