नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् । अशिष्माको सोमबार बानेश्वर निवासी व्यापारी नविज चन्द्र प्रधानसँग विवाह सम्पन्न भएको हो । उनले मागी विवाह गरेकी हुन् । परिवारको इच्क्षा अनुसारनै आफूले मागी विवाह गरेको उनले बताइन् ।

‘मलाई मागी विवाह नै गर्न मन थियो । बुवा आमाले भनेको गर्छु भनेको थिए । ’ उनी भन्छिन् । विवाह पछि चलचित्र गर्ने सम्भावना निकै कम भएको अशिष्मा बताउँछिन् । ‘विवाह पछि चलचित्र नगर्दा मेरो परिवार राम्रो हुन्छ भने म चलचित्र गर्दिन । ’ अशिष्मा बताउँछिन् ।अशिष्मा अभिनित हालै ‘मेला’ चलचित्र रिलिज भएको थियो भने ‘लाखे भाजु’ नामक चलचित्र उनले निर्माण गरेकी छिन् ।अभिनेत्री नकर्मीलाई वैवाहिक जीवनको शुभकामना !