कलाकार बन्न मन छ ? प्रतिभाशाली कलाकारको छनोटको लागी मेगा इन्टरटेनमेन्टले ‘नेपालस् मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ। कलाकार छनोटको लागी आयोजना गर्न लागिएका यो रियालिटी सोमा निर्देशक तथा कलाकार सोभित बस्नेत र निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्णायकको पाटो समाल्ने भएका छन् । नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरूले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरूलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको ‘नेपाल्स मेघा सिनेस्टार’ निर्देशक प्रवेश सम्राट् बरालले जानकारी दिए । काठमाडौँ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख सहरहरूमा चैत्र २८ गतेबाट अडिसन सुरु गरिने आयोजक टिमले जानकारी दिएको छ। असारको पहिलो सातादेखि कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ । रियालिटी सोमा विजेता हुने एक जनाले नगद पुरस्कारको साथमा चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्ने आयोजकको भनाई छ । विजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर प्राप्त गर्नेछन्।