केही समय अघि रिलिज भएको चलचित्र ‘कृ’को जापानमा भव्यसाथ सो सम्पन्न भएको छ । जापानको टोकियोमा रहेको नकानो जिरो हलमा आयोजना भएको सोमा एक हजार बढी दर्शकको उपस्थित रहेको सञ्चारकर्मी सचित खड्काले जानकारी दिए । विशेष सोमा सहभागी हुन नेपालबाट नायक अनमोल केसीको साथै निर्माताद्धय भुवन केसी र सुवास गिरी जापान पुगेका थिए । 

चलचित्रलाई ईश्वर श्रेष्ठ र सुवास लामिछानेले जापान पुर्‍याएका हुन् । नेपाल प्रदर्शन लगत्तै थुप्रै विदेशी सहरमा कृ को सो भइरहेको छ । अमेरिका, अस्ट्रेलिया, जापान, साउदी, हङकङ लगायतका देशहरूमा कृ को सो सम्पन्न भैसकेका छ । यसबर्षको प्रतिक्षित चलचित्रको मानिएको कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रले नेपालमा मिश्रित प्रतिक्रिया पाएको छ भने अपेक्षा अनुरूपको कमाई गर्न सकेन । चलचित्रमा अनमोलको साथमा नव–नायिका अदिति बुढाथोकी र अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको छ ।