बलिउड अभिनेत्री कंगना रनाउत विभिन्न कारण चर्चा र विवादमा आइरहन्छिन् । यति बेला एक तस्बिरको कारण कंगनाले सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहनु परेको छ । केही दिन अघि कंगनाले आफ्नो अपकमिङ चलचित्र ‘मेन्टल’ को लागी खिचाइएको तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त तस्बिरमा कंगना बोल्ड देखिएकी छिन् । जसमा उनले कपडा नभई नेटको मात्र लुगा लगाएकी छिन् । सोही तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनको तस्बिरलाई लिएर विभिन्न ट्रोलहरु बनाइएको छ । कति सामाजिक सञ्जाल प्रयोगकर्ताले कंगनालाई तुच्छ शब्द प्रयोग गर्दै गाली गरेका छन् ।