अभिनयमा अब्बल मानिने नायिका हुन् केकी अधिकारी ।केकी अभिनित चलचित्रले अपेक्षित कमाई नगरेतापनि उनको अभिनयले सधैँ चर्चा पाउने गर्दछ । साथै बेलाबखत मोटोपनको कारण पनि केकीको आलोचना हुने गर्दछ । तर, उनी आफ्नो स्वास्थ्यको निकै ख्याल राख्छिन् । विगत तीन वर्षदेखि उनले हरेक बिहान महाराजगन्ज स्थित निरामय् जिमखाना जाने गर्दछिन् । ‘तीन वर्ष भयो जिम आउन थालेको । हरेक बिहान प्राय मेरो काम नपरेको बेला जिमखानमा नै हुन्छु । ’ केकी भन्छिन् ।जिममा उनी विभिन्न व्यायामसँगै योगा, जुम्बा गर्दछिन् । जिम तौल घटाउनको लागी मात्र नभएको केकी बताउँछिन् । भन्छिन् ‘मोटोपन घटाउने आफ्नो ठाउँमा छ। तर जमि आएपछि आनन्द आउने गर्दछ । यहाँ आउँदा तनाव मुक्त भइन्छ । ’