आमाको मुख हर्ने दिनको अवसर पारेर लेखु सहयात्रीको शब्द तथा अवाजामा रहेको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। राजन खतिवडाको सङ्गीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ।

गीतको भिडियोमा सुशान्त खत्री फिचर रहेका छन्। अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेले भिडियोलाई सम्पादन गरेका छन्।