गायक मनोज महत्तोको  आवाजमा समावेश ‘नाचौँ गाऔँ झुमौँ’ बोलको गीतले युट्युबमा सार्वजानिक भएके छ ।  किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको सङ्गीत रहेकाे छ ।

गायक महत्तो भन्छन्–‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् । यसैले, पनि मैले यस पटक गहकिला शब्द प्रयोग गरेको छैन । टपरी टाइपका शब्द प्रयोग गर्दै यूवापुस्तालाई लक्षित गरेको छु । यो गीत मैले स्टेजमा गाए“ भने दर्शक झुम्ने कुरामा विश्वस्त छु ।’
करिब १ वर्ष अगाडि यो गीत तयार गर्ने सोच पलाएको भन्दै अहिले दर्शकमाझ आऊ“दा आफू उत्साहित भएको बताए ।निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाङ्कन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् ।