चलचित्र ‘काले दाइ’ मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। प्रदर्शन मिति तय नभएको चलचित्रको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो।

ध्रुव विश्को र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा सुमन बैरागीको शब्द र दीपक शर्माको सङ्गीत रहेको छ।रामजी लामिछानेले कोरियोग्राफी रहेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचर रहेका छन्
चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका छन्।