गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गीत 'तिम्रो चौबन्दीमा' सार्वजानिक गरिएको छ । हाल जापानमा बसोबास गर्दै आइरहेका कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो । यस रोमान्टिक सोलो गीतमा गायक कर्मको एकल आवाज रहेको छ भने शब्द र संगीत विश्व दोङले भरेका छन् ।

विकास सुवेदी निर्देशित भिडीयोमा क्रिष्टीना र दुर्गेशका साथमा नेपाली ठिटोजका कलकारहरूलाई पनि फिचर गरिएको छ ।