बलिउड अभिनेत्री सोनम कपूर आज (मे ८) विवाह बन्धनमा बाँधिएकी छिन् । उनको विवाह भारतका व्यवसायी आनन्द आहुजासँग मुम्बईमा भएको हो । बिहेको करिब एक घण्टा अघि सोनमको केही तस्बिर मिडियामा बाहिरिएको छ ।
बेहुली लुक्समा सार्वजनिक भएको उक्त तस्बिरमा सोनम निकै सुन्दर देखिएकी छिन् । पंजावी रीति–रिवाज अनुसार उनको विवाह भएको हो ।