सोमबार न्यूयोर्कमा आयोजित मेट गालामा बलिउडकी दुई अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पहिरनले निकै चर्चा पायो । प्राय जसो पहिरनको कारण चर्चामा आउने प्रियंकाको यस पटक पनि फरक पहिरन रहेको थियो । उनी कार्यक्रममा क्याथोलीक अवतारमा देखिएकी थिइन ।  उनले लगाएको ड्रेसका तस्बिरहरू यति बेला सोसियल साइटहरूमा भाइरल भइरहेका छन् । भल्भेट कलरको गाउँनमा गोल्ड हुड लगाइएको सो ड्रेस्मा प्रियंका बोल्ड अब्तारमा देखिएकी छन् । 
 

मेट गालामा प्रियंका र दीपिकाको फेसन 

त्यस्तै अर्की अभिनेत्री दीपिका पादुकोण पनि रेड बैकलेस गाउनमा कार्यक्रममा पुगेकी थिइन् । डिजाइनर प्रबल गुरुङको डिजाइनमा बनेको पहिरनमा पुगेकी दीपिकाको पहिरनको खुबै चर्चा भएको थियो । 
 

मेट गालामा प्रियंका र दीपिकाको फेसन