प्रतिक्षित हलिउड चलचित्र ‘डेडपुल २’मा बलिउड अभिनेता रणवीर सिंहले आफ्नो आवाज दिएका छन् । चलचित्रको हिन्दी भर्जनमा रणवीरले डबिङ गराएका हुन् । उनको आवाजमा रहेको हिन्दी ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।हेर्नुस् ट्रेलर :

 

रणवीरले चलचित्रको मुख्य पात्र रयान रेनाल्ड्सको आवाजको हिन्दी डब गरेका हुन् । सार्वजनिक उक्त ट्रेलरमा रणवीरको आवाज रयानलाई निकै सुहाएको छ । उनले ट्रेलरमा तल्लो स्तरको भाषा समेत प्रयोग गरेका छन् । मार्वल स्टुडियोबाट निर्मित डेडपुलको पहिलो भाग निकै सफल भएको थियो । दोस्रो भाग स्वरूप डेडपुल २ यही मे १८ बाट रिलिज हुदैँछ ।