पछिल्लो समय आलिया भट्ट र रणबीर कपुरको प्रेम चर्चाले सामाजिक सञ्जाल भरिएका छन् । केही दिन अघि अभिनेत्री सोनम कपूरको विवाह पार्टीमा आलिया र रणबीर एकसाथ पुगेपछि प्रेमचर्चा अझ बढी भएको हो । यी दुई एकअर्कासँग डेट गइरहेको खबर भारतीय मिडियामा आइरहन्छ । तर अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको खुलासा गरेकी छिन् । उनले चलचित्र ‘राजी’को प्रमोसनमा रणबीर र आफू साथी रहेको बताएकी छिन् । उनी मिडिया सामु बोल्दै भन्छिन् ‘हामी दुई मिल्ने साथी हौँ । उसले पछिल्लो समय आइरहेको गसिपको बारेमा के सोच्छ थाहा छैन । तर रणबीरको जीवनको एक हिस्सा हुन पाउँदा खुसी छु । ’ आलियाको यस्तो अभिव्यक्तिले अझ खुलदुली बढाएको छ । आलिया रणबीरसँगको प्रेमसम्बन्ध स्वीकार त गर्दिनन् तर उनले अस्वीकार पनि गरेकी छैनन् । यति बेला आलिया अभिनित ‘राजी’ प्रदर्शन भइरहेको छ ।