चलचित्र ‘छक्का पञ्जा ३’को अपौचारिक रूपमा छायाङ्कन सुरु भएको छ । शुक्रवार बिहान चलचित्र युनिटले भक्तपुरस्थित सुर्यबिनायक मन्दिरमा पूजा गरी चलचित्रको छायाङ्कन सुरु गरेको थियो । यस पटक कलाकारमा केही फरकपन आएको छ । हाँस्यकलाकारमा पुरानै कलाकार दोहोरिएका छन् भने नायक नायिकामा पुष्प खड्का र दीपिका प्रसाईको इन्ट्रि भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्दै छिन् ।

छक्का पञ्जाको ब्यानरमा अनुबन्धित हुन पाउँदा पुष्प दङ्ग छन् । भन्छन् ‘मंगलम पछि एउटा स्थापित ब्यानरसँग काम गर्ने मन थियो । छक्का पञ्जा युनिटबाट अफर आयो । मैले केही पनि नसोचि हुन्छ भनिदिए । ’ चलचित्रमा नयाँ हिरोको प्रवेशले दीपाश्री अझ उत्साहित भएको बताउँछिन् । ‘पुष्पले मंगलममा रुवाउनु भएको थियो । अब छक्का पञ्जा ३ मा हँसाउनु हुन्छ । भर्सटाइल कलाकार भनेर उनलाई यसबाट चिनिन् मद्दत गर्छ । ’ दीपाश्री भन्छिन् । चलचित्रमा पुष्पको भूमिका महत्त्वपूर्ण रहेको उनी बताउँछिन् ।भन्छिन् ‘सस्पेन्स धेरै छ तर चलचित्रमा पुष्पको इन्ट्रि धमाकेदार हुनेछ । ’