फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा बलिउड अभिनेत्रीले आफ्नो जल्बा देखाइरहेका छन् । त्यस्तै शुक्रवार अभिनेत्री कंगना रनावत रेड कार्पेटमा पुन देखिएकी थिइन् । फरक पहिरनमा देखिएकी कंगनाले डीजाइनर नेड्रेट ट्यासीरोग्लु डिजाइन रहेको कैटसूट लगाएकी थिइन् । कंगनाको तस्बिरहरू यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

कान्समा कंगनाको पहिरनको आलोचना !

खरानी कलरको कैटसूटमा कंगना  बोल्ड देखिएकी छिन् । उनको यो अवतारलाई धेरैले रुचाएको कमेन्ट गरेका छन् । तर फेसन डिजाइनरहरुले कंगनाको उक्त पहिरनलाई अहिले सम्मको खराब पहिरन भनेर आलोचना गरेका छन् । कार्यक्रममा कंगनाको कर्ली कपालको भने निकै चर्चा भएको थियो ।