अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’को तेस्रो भागमा रेमो डिसुजाको निर्देशन रहेको छ।यसअघिका दुई भागमा अभिनेता सैफ अलि खानकाे मुख्य भूमिका रहेकाे थियाे । यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् ।  ३ मिनेट लामो ट्रेलर भरपुर एक्सनले भरिएको छ । चलचित्रमा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम अभिनय रहेको छ । चलचित्र आउँदो जुन १५ (असार १ गते) रिलिज हुदैँछ ।