पछिल्लो समय युवापुस्ता माझ म्युजिकल्ली एप्सको छाप बेग्लै छ । नेपालमा मात्र नभएर अन्तर्राट्रिय स्तरमा चर्चित बनिरहेको म्युजिकल्लीको फाइदा लिँदै चलचित्र बेबी आइ लभ युले नयाँ घोषणा गरेको छ । चलचित्र युनिटले ‘म्युजिकल्ली कम्पिटिसन’ घोषणा गरेको हो ।

यस प्रतियोगितामा भाग लिनको लागी म्युजिककल्ली प्रयोगकर्ताले चलचित्र बेबी आइ लभ युमा समावेश संवादको भिडियो बनाउनु पर्ने छ । सोही भिडियोबाट उत्कृष्ट छानेर एकलाई चलचित्र युनिटले रकम सहित पुरस्कृत गर्नेछ । निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि दिइनेछ ।जनक पाण्डे निर्देशित बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । शिव न्यौपाने निर्मित चलचित्र यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउँदै छ ।