कार्यक्रम प्रस्तोता, मोडल हुँदै चलचित्रमा प्रवेश गरेकी नायिका हुन् सन्ध्या केसी । उनले पहिलो चलचित्र ‘ड्रिम्स’ अनमोल केसीसँग गरेकी थिइन । तर पहिलो चलचित्रमा सन्ध्याका खासै सम्झन लायक सिनहरू छैनन् । आफूलाई नायिकाको रूपमा परिचित गराउने दौडमा रहेकी सन्ध्या अभिनित गत वर्ष ‘छक्का पञ्जा २’ र ‘ह्याप्पी न्यु इयर’ प्रदर्शनमा आए । तर विडम्बना दुवै चलचित्रबाट उनलाई हातमा लाग्यो शून्य जस्तै भइदियो ।

चलचित्रमा खासै जम्न नसकेकी सन्ध्या फिटनेसमा भने निकै ध्यान दिन्छिन् । उनी हरेक दिन माहराजगञ्ज स्थित जिमखानामा आफूलाई फिट राख्न पुग्ने गर्छिन् । जिममा सन्ध्याको प्रत्येक दिन २ घण्टा बित्ने गर्छ । ‘जिम आउँदाको फिलनै फरक हुन्छ । तनावमुक्त हुन्छ अनि फ्रेस हुन्छु ’ सन्ध्या भन्छिन् । शशिर परिवर्तनको लागी भन्दा पनि भविष्यमा पनि आफू फिट रहन जिम व्यायमहरु गर्ने गरेको उनी बताउँछिन् ।