नायक प्रदीप खड्काले आफ्नो प्रेमिका रोजी राणाको हत्या गरेका छन् । सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । जहाँ प्रदिप अलि फरक देखिए । चकलेटी हिरोमा गनिने प्रदीप अदालतमा पुग्दा लामो कपाल, उस्तै पहिरन र केही फोहोरी भएर पुगेका थियो । अदालतमा उनी एक्लै थिए , केही  बेरमा दुई नायिका परमिता राणा र मेरुना मगर देखिए । केहीबेर उनीहरू बिच कानेखुसी पनि भयो ।

नझुक्निु होला हामी चलचित्र ‘रोजी’को छायाङ्कनको कुरा गरिरहेका छौ । जहाँ प्रदीप हत्याराको भूमिका छन् । बुधवार यही चलचित्रको शुभमुर्हत गरिएको थियो । बालाजुस्थित एनएफडिसीमा अदातलको सेट बनाएर चलचित्रको छायाङ्कन गरिएको थियो । चलचित्रलाई निरक पौडेलले एक्सन–कट गर्दै छन् । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टका लागी उद्धव पौडेलको प्रस्तुति बन्न लागेको चलचित्रमा प्रदीपसँग परमिताको जोडी रहेको छ । चलचित्रमा यीबाहेक कर्मा, बरुणा राणा, रविन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।