आउँदो शुक्रवार अर्थात् जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’को नयाँ गीत सार्वजनिक भएको छ । सोलो रिलिज पाएको चलचित्रको ‘दाग छैन अब जुनमा पनि’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको सङ्गीत र युवराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट फिचर्ड छन् ।
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , सङ्गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।