चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक भएको  । कलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’को मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । टेके पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रलाई पौरखी फिल्मस्को ब्यानरबाट निर्माण भएको हो । चलचित्रमा बुद्धि र रजनीबाहेक प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा, दीपक आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्रवीण राईले निर्माण गरेका हुन् भने राहुल राईको छायाङ्कन रहेको छ । चलचित्रमा सुमन राईको सङ्गीत, कविराज गहतराज, राजेश पुन, दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ । चलचित्र यअि जेठ २५ गतेबाट प्रदर्शनमा आउदैँछ ।