बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’ यही आउँदो जुन १५ तारिकबाट रिलिज हुदैँछ । सलमान हाल रेस ३को प्रमोसनमा व्यस्त छन् । तर उनले नयाँ चलचित्र ‘भारत’को छायाङ्कन भने सुरु गरिसकेका छन् । भारतमा सलमानको जोडीको रूपमा अभिनेत्री प्रियंका चोपडा देखिन्दैछिन् । यस चलचित्रमा प्रियंकाको साथमा यति बेला अर्की अभिनेत्री दिशा पटानीको पनि प्रवेश भएको छ । सलमानले बिहीबार अफिसियल इन्टाग्राममा दिशाको तस्बिर सेयर गर्दै भारतको लागी बधाई दिएका थिए । दिशाले पनि सलमानसँग काम गर्न पाउँदा भाग्यमानी रहेको कमेन्ट गरेकी थिइन् । केही समयअघि दिशा अभिनित ‘बाघी २’ रिलिज भएको थियो । चलचित्रमा दिशा र उनका प्रेमी टाइगर श्रापको मुख्य भूमिका रहेको थियो ।