केही समय अघि प्रदर्शन भएको चलचित्र ‘बागमती’ युट्युबमा सार्वजनिक भएको छ । प्रदर्शनको क्रममा निकै चर्चा बटुलेको चलचित्र सर्वार्धिक लगानी भएको चलचित्रको रूपमा हेरिएको छ । चलचित्रमा अभिनेता शिव श्रेष्ठ र राजेश हमालको मुख्य भूमिका रहेको छ । बक्स अफिसमा खासै सफल हुन नसकेको चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे,मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरीको साथै  शीतल के सिको अभिनय रहेको छ । चलचित्रलाई सन्नी केरलाले निर्देशन रहेको छ । चलचित्रलाई दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन् ।