बलिउडमा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् –सोनाक्षी सिन्हा । सलमान खानसँग ‘दंबग’बाट बलिउडमा डेव्यु गरेकी सोनाक्षीकाे प्राय वजनकाे नै चर्चा हुने गर्दछ । तर यति बेला सोनाक्षीले आफ्नो परिवर्तित शरीरको तस्बिर इन्टाग्राममा सेयर गर्दै सबैलाई चकित बनाएकी छिन् । उनी उक्त तस्बिरमा निकै बदलिएकी  छिन् । उनी यही नयाँ रूपमा अभिनेता सलमान खानसँग ‘दबंग ३’मा देखिने भएकी छिन् । पछिल्लो समय दबंग ३ सोनाक्षी नरहने खबर बाहिरिएता पनि निर्देशक अरबाज खानले सोनाक्षी नै चलचित्रमा रहने बताएका थिए ।सोनाक्षी बलिउडमा डेव्यु गर्दा करिब ९० केजीकी थिइन् । उनले दंबगमा काम गर्न करिब ३० केजी वजन  घटाएकी थिइन् ।  हाल उनले करिब ३५ किलो वजन घटाएको बलिउड मिडियाले जनाएको छ ।