चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत ’भुण्टी’ ट्रेन्डीङ्ग नम्बर एकमा पुगेको छ । शुक्रवार सार्वजनिक भएको उक्त गीतलाई यो समाचार तयार बनाउन्दै गर्दा ७ लाख ८७ हजार बढीले हेरिसकेका छन् । सार्वजनिक भिडियोलाई ३३ हजार बढीले लाइक गरेका छन् भने १५ सयले डिसलाइक गरेका छन् । त्यस्तै भिडियोलाई ३ हजार बढीले कमेन्ट गरेका छन् । निशानको  यो तेस्रो एल्बम हो । गीतको भिडियोमा निशान र चर्चित मोडेल एलीसा राईको अभिनय रहेको छ ।  गीतको शब्दलाई राजेन्द्र भट्टले कोरेका छन् । टेकेन्द्र शाहको निर्देशन् र सम्पादन रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।