सुपरस्टार रजनिकांत अभिनित चलचित्र कालाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रजनि र नाना पाटेकर विशेष फिचर छन् । रजनिकान्त उक्त सार्वजनिक ट्रेलरमा गरिब असहायकलाई सहयोग गर्ने भूमिकामा देखिएका छन् । चलचित्रलाई पिए रन्जितले निर्देशन गरेका हुन् भने अभिनेता धनुषले निर्माण गरेका हुन् । अभिनेता धनुष रजनिकान्तका ज्वाई हुन् । जुन ७ तारिकमा रिलिज हुने चलचित्रमा रजनिकान्त र नाना पाटेकर अलावा हुमा कुरैसी, सम्पथ राज, सयाजी सिन्डे लगायतका कलाकारको अभिनय रहेको छ ।