केही दिन देखि बलिउड अभिनेता सलमान खानको चलचित्र रेस ३ को विषयलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । चलचित्रको ट्रेलर रिलिज भएदेखि हालै सार्वजनिक भएको नयाँ गीतलाई सामाजिक प्रयोगकर्ताले उडाएका छन् । अभिनेता सलमान खानको शब्दमा रहेको नयाँ गीत सेल्फी रिलिज भएसँगै ट्रेलको सिकार भएको थियो । तर सलमानले भने आफूलाई ट्राेलले केही असर नगरेको बताएका छन् । गत आइतबार आफ्नो रियालिटि सो ’दसका दम’मा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारले सलमानलाई ‘रेस ३’लाई लिएर भइरहेको ट्रोलको विषयमा सोधेका थिए । तर सलमानले आफूलाई केही बाधा नभएको बताएका छन् । उनले भारतमा लाखौँ फ्यान छन्, त्यसमध्ये दुई चार जनाले ट्रेल बनाउन्दैमा केही नभएको बताएका हुन् । चलचित्र आउँदो जुन १५ बाट प्रदर्शन हुर्दैछ । चलचित्रका सलमान सँगै अनिल कपूर, बबी देवल, ज्याकलिन फर्नानडिज, डेजी शाहको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।