बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा ट्रेलरमा रणबीर सञ्जय दत्तको विभिन्न लुक्समा प्रस्तुत भएका छन् । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूर निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रका ट्रेलर सञ्जयको विवादित कुराहरूलाई समावेश गराइएको छ । ट्रेलरमा सञ्जय दत्तको सुरुवाती दिन देखिको उतार चढावलाई देखाइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, अनुष्का शर्मा, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।