बलिउड होस् या हलिउड दुवै क्षेत्रमा आफ्नो चर्चा बटुल्न सफल अभिनेत्री हुन् प्रियंका चोपडा । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिकाको रूपमा पनि प्रियंका परिचित छिन् ।

हरेक वर्ष स्कोर ट्रेन्डर्स इंडियाले फेसबुकमा धेरै खोजिने सिनेकर्मीको सूची प्रकाशित गर्ने गर्दछ । यस पटक भने फेसबुकमा सबै भन्दा धेरै खोजिने फिमेल सिनेकर्मी अभिनेत्रीमा प्रियंका चोपडा परेकी छिन् । उनी बलिउडमा मस्ट इङगेजीङ्ग सिनेकर्मी मध्य पहिलो स्थानमा परेकी हुन् । स्कोर ट्रेन्डर्सका सह-संस्थापक अश्वनी कौलले (यो हप्ता प्रियंकाको फेसबुकको अफिसीयल पेजमा फ्लोअर्स १०० प्रतीशतनै इङगेज भएको बताएका छन् l त्यसै गरी ९६ प्रतिशतका साथ दोस्रो स्थान दीपिका पादुकोण ,तेस्रो स्थानमा माधुरी दीक्षित(६२ प्रतिशत) र चौथो र पाचौ स्थानमा सन्नी लीयोनी र कैट्रीना कैफ मस्ट इङगेजीङ्गमा परेका छन् l