आउँदो शुक्रवार यानिकि जुन ७ बाट अभिनेता रजनीकान्त अभिनित चलचित्र काला रिलिज हुर्दैछ । तर यति बेला चलचित्र कानुनी झमेलामा परेको छ । बिशेषत चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् । उक्त पत्रकारले चलचित्रमा रजनीकान्तले निर्भाह गरेको भूमिका आफ्नो पिता थिरावीयम नाडरको वास्तिबिक जीवनमा मेल खाएको भन्दै मुद्दा हालेका हुन् । उनले चलचित्रमा रजनीकान्तले आफ्नो बुवाको पात्र गलत तरिकाले देखाएको भन्दै निर्माण पक्षले माफी सहित १०१ करोड रुपैयाँ जुरमाना तिर्नु पर्ने सर्त राखेको भारतीय मिडियाले जनाएको छ । 
चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नसक्ने भूमिकामा देखिएका छन् । चलचित्रलाई रजनीकान्तको ज्वाइँ अभिनेता धनुषले निर्माण गरेका हुन् । कालामा रजनीकान्तको अलावा हुमा कुरेसी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ ।