गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । लामो समयको अन्तराल पछि भट्टराईले एन के बि नामक गीति सङ्ग्रह बजारमा ल्याएका हुन् । सोही सङ्ग्रहमा समावेश भएको मेरो नाम बोलको पहिलो गीत यति बेला बाहिरिएको छ । सार्वजनिक गीतमा नरेश देव पन्तको शब्द रहेको छ । गीतको सङ्गीत संयोजन इमान विक्रम शाहले गरेका छन् । नविना भट्टराईको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा टिना राजभण्डारी र सञ्जय भट्टराईको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ।